Friday, October 20, 2017

महायात्रा - रमेश कँडेल

हतास मुखाकृतीहरु यन्त्रवत चलिरहेछ

अशौच बारेका मानवहरु 

प्रकृतीलाई लात ठोक्दै

बाँस घारिको बाटो हुँदै

चन्द्रमा पुग्ने लख काटिरहेछन् 

Friday, October 24, 2014

सम्झनामा बेथान्चोक

कस्तो लेख्ने वा लेखियो भन्दा मेरो लगाव कस्तो छ, झुकाव कस्तो छ साहित्यमा भनेर आफुलाई हेर्ने गरेको छु।लेख्ने मान्छेले आफ्नो लागि लेख्छ र त्यही लेखाइलाई पाठकले नकरात्मक तथा सकारात्मक रुपमा चिरफार गर्छन्। माकुरोको शत्रु उसकै सन्तान भने जस्तै हाम्रो साहित्यमा ठीक उल्टो माउले बच्चोलाई सिध्याउने अर्थात ठुलो माछाले सानो माछालाई निल्ने जस्तै वुर्जुग साहित्यकर्मिहरु सिकारु कलमलाई हेयको दृष्‍टिगोचर दिन्छन र अग्रगमनको बाटो छेक्न अघिल्लो पंक्तिमा खडा हुन्छन। यती हुँदा हुँदै पनि केही राम्रा ब्यक्तित्व पनि छन, जसले हात समातेर बामे सराउने काम पनि गरेका छन। मैले जीवनको आधा भागमा आइ पुग्दा त्यस्ता केही सिर्जनाको मालिहरु सँग सामिप्यता गाँस्न पाएँ र अद्यापी पाइ नै रहेको छु।

अधुरो कविता


समयको दुर्घन्धले मैले हिंड्ने बाटाहरु
कुइरिमण्डल भएर निसास्सिएको बेला
लफ्रक... लफ्रक... लफ्रक... लफ्रक...
सपना बटुल्ने झोला कांधमा भिरेर
सपनाको जिली खोज्दैछु यताउती

Sunday, November 25, 2012

शब्दहार र सहयात्री -By Ramesh Kandel


Shabdahar Creations Pvt. Ltd.
साहित्यिक तथा मिडिया क्षेत्रमा काम गर्न केही असजिलो भए पनि समाज सँग प्रत्यक्ष सम्बन्ध राख्न यसले महत्वपूर्ण सहयोग गर्छ र राजनैतीक क्षेत्र भन्दा अलिक सम्मानयोग्य बातावरण यसमा पाउन सकिन्छ। किनकी यसले समाजलाई धेरै कुरा दिन्छ र थोरै लिन्छ। ज्ञान चक्षु भनेकै शब्द हुन। शब्दका मार्फत समस्त मानव जातिले सुसुचित हुने मौका पाउँछ। त्यसैले पनि हामीले यो क्षेत्रलाई कर्मक्षेत्र बनाउने कोशीस गरेका छौं। हामी आफुलाई साहित्यकार भनाउनु भन्दा समाजलाई केही दिन सक्ने ब्यक्तित्वलाई सार्वजनिकिकरण गर्नु अर्थात नवप्रतिभालाई हौसला तथा प्रोत्साहन प्रदान गर्नु नै हाम्रो लक्ष्य थियो, छ र रहनेछ।

Tuesday, July 24, 2012

कंक्रिट र फूलहरु -By रमेश कंडेल


स्वप्निल संसारको तन्द्रामा
एउटा ग्रामीण फूल बर्बराउँछ
नवीन बाटाहरुको परीकल्पनामा
गैंती र बेल्चाले गोरेटो खन्दै
सुदुर राजमार्गको नक्शा कोर्छ।

Monday, June 18, 2012

जीवन र जुकाहरु -By रमेश कंडेल

श्यामवेत समयको कुइनेटाबाट
एउटा आदिम मानिस हठात
दुष्कृति र अभ्यर्थनबाट भाग्दै
क्षितिज पारीको उज्यालो ताकिरहेछ।

Saturday, April 28, 2012

बुढो सिमल -By रमेश कंडेल


एउटा बुढो सिमलको रुख
सियाँलमा सबै समेटेर बर्षौ देखी
विरासत कायम राखेको छ उसले

बुढो सिमल बन्ने रहरले
उधौली उभौली र घुम्तिहरुमा
जीवनका पन्नाहरुमा केर्दै मेट्दै
अठोट र उद्देश्य जलिरहेको
भिमकाय समय भित्र
नविन बाटोको मानचित्र
कोर्दोछ यो सिसिफस

बक्र रेखाहरुमा अलमलिएको
यो समयलाई
सरल रेखामा रुपान्तरण गर्न
आँसुलाई अमृत समान पिउँदै
पल्लो क्षितिज चिहाउदैछु।

काँइला कामिका सफलता भित्र
कान्छा नेवारका असफलता भित्र
जीवनको सार नखोजेको होइन
खै! कुन माझधारमा अड्किएछ

त्यही अन्तर भित्र क्षितिज छुने
एक स्वर्णिम मानचित्र कोर्दैछु म
आफ्नै विरासत कायम गर्न
आफ्नै सियाँलमा समेटेर
अमिट शितलता प्रदान गर्न
म बुढो सिमल हुन खोजिरहेछु
खोजिरहेछु हुन बुढो सिमल म
कोर्न एउटा स्वर्णिम ईतिहास।

Friday, April 20, 2012

मलेशियामा नेपाली साहित्य र 'यात्रा' संग्रह -By Ramesh Kandel


अहिलेको समयमा साहित्यमा पूर्ण समर्पित ग्रामीण भेगबाट परदेश पुगेर त्यहाँ आफ्नो श्रम बेच्नेहरु नै छन भन्दा अत्युक्त नहोला। यि मध्ये पनि खासगरी पूर्वेली कलमहरु अग्रभागमा आउँछन। त्यसमा पनि बिकट पहाडी वस्तिका रैथानेहरु जसलाई नेपाल हुँदा हातमुख जोर्ने फुर्सदै हुन्न, साहित्यका कखरा पढ्ने, पढाउने, सिक्ने, सिकाउने समय नै मिल्दैन भन्दा फरक पर्दैन। कलम चलाऊन त झनै कठिन छ। उसै पनि मोफसलमा बसेर लेख्नु भनेको ढुङ्गो चपाउनु बराबर नै हो। केन्द्रले कहिल्यै मोफसललाई नगन्ने, मोफसलले केन्द्र सँग जोडीन नचाहने या अनुकुल नहुने। तर पछील्लो समय केन्द्रकाले डायस्पोरासँग सहकार्य गरेर अघी बढ्न थाले पछी मोफसल पनि जोडीन आइ पुगेको छ, चाहे जुनसुकै कारण होस्। यसरी नै जोडिने क्रममा फाक्चामारा, तेह्रथुमका युवाहरुको कार्य सह्रानिय बनेर आएको छ। यहाँका युवाले मलेशियामा रहेर विश्व भरी छरिएर रहेका साहित्यिक कलमहरुलाई एउटै धागोमा उन्ने कोशीष गरेको छ। त्यसको नेत्रित्व गरेका छन- गनिन्द्र विवशले र प्रथम साहित्यिक संगालोको रुपमा 'यात्रा भाग-१' प्रकाशित गरेका छन फाक्चामाराका युवाहरुले।

Sunday, April 1, 2012

चालिसौ जन्मदिन र मनका कुरा -By Ramesh Kandel


एउटा उक्ती छ- 'मनको बह कसैलाई नकह' अर्थात आफ्नो कुरा भरसक अरुलाई नसुनाउनु। तर कतिपय कुरा मन भित्र कैद गरेर राख्दा जलन हुदो रहेछ। त्यसैले होला- साहित्यकार दाज्यु जगदिश घिमिरेले आफ्नो कृति 'अन्तर्मनको यात्रा'मा 'मनको बह सबैलाई कह' भनेका छन। अनौपचारिक भेट वा नाम र चेहरा देखेकै भरमा मान्छेले झट्ट हेर्दा एउटा अलग ब्यक्तित्व को तस्विर बनाउन पुग्छन तर बन्द खाम भित्रको जीवन र अरुले देख्ने तस्विरमा फरक हुन्छ। त्यसैले मैले फेसबुकमा एउटा स्टाटस राखें- 'बन्द खाम भित्रको जीवन र तिम्रो आँखा' तर साथीहरु ले के कसरी लिए, मैले त्यस तर्फ चासो दिने कोशीष गरिन।

Monday, January 23, 2012

घनचक्कर भित्रको रहस्य र पाठक दृष्‍टिकोण -By Ramesh Kandel


मानसिक असन्तुलनबाट गुज्रिरहेको एउटा पात्रको रुपमा आफुलाई प्रस्तुत गरेर र त्यस अवस्थामा मञ्जुश्रीको समय देखी वर्तमान समयसम्मको काठमाण्डौ खाल्डो भित्रको त्यही मानसिकतामा सूक्ष्म बिश्लेषण तथा टिप्पणी गरेको एउटा गहिरो दर्शनको ठेली हो-'घनचक्कर'।

Saturday, January 21, 2012

जय खल्ती! -By Ramesh Kandel

               कुरा देशको हैन, कुरा खल्तिको हो तर मान्छे देशको डिङ हाँक्छ। 'म' पनि उही ड्याङको मुला त हुँला नि। त्यती ठुलो दु:खको साथ संघर्ष गरेर आएका र आफुलाई पूर्ण रुपमा जनतामा समर्पित गर्नेहरुको अनुहार त देखियो। 'म' पनी कसरी भिन्न हुन सकुँला। त्यसैले दलगत भन्दा व्यक्तिगत अधिकारका निम्ती प्रत्येक व्यक्ती अघी आउन पर्‍यो। दलले पहिला आफ्नो पार्टी हेर्छ, त्यसपछी आफु निकट परिवार र आफ्ना धुपौरेहरु। सामान्य जनताको हकमा जुन दल सरकारमा छ त्यसको प्रभाव क्षेत्र अनी हामी जस्ता आम नागरिकका दिन कहिले आउने? नपत्याए हेर्नुस- खोप्लाङ्गे बाजे महिनाको एक पटक गोरखा पुग्नु अर्को पटकको लागि आफ्नो ठाउँ सुरक्षित गर्नु न हो। मधेशी दलले महत्वपूर्ण मन्त्रालय ओगटेको छ तर त्यसले समग्र नेपाली जनताको बारे बोल्दैन, मात्र मधेशिको कुरा गर्छ। जातिय प्रतिनिधि छन, तिनले पनि आफ्नो जात र समुदायको कुरा गर्छ, समग्र नेपालको हितमा कुरा उठाउदैन। तिनको पनि भोली मुख्य मन्त्री र त्यस सरकारमा सामेल भएर खल्ती भर्ने प्रोपोकाण्ड मात्र हुन। त्यसैले पनि हामीलाई कुनै ठाउँ बिशेषको नभएर नेपाल अधिराज्यको नेता आवश्यक छ। यि अहिले जती पनि नेता छन, हामीलाई उल्लु बनाएर, शहीद बनाएर, बिभाजित गराएर, झगडा गराएर आफ्नो स्वार्थ पुरा गर्दैछन। हामी भोली पनि यिनिहरु कै दास बन्न एक अर्कालाई मार्न र मर्न तयार छौ। केही अपबाद बाहेक नेताहरु भूमिगत वा आन्दोलनको दौरान मारिन्नन र मारिए पनि ति महान शहीद र हामी झारेझुरे शहीद। हामी यि नेताहरुलाई लुटको लाइसेन्स दिलाउन र खल्ती बलियो बनाउन लगातार पिछलग्गु बन्न लालायित छौ। आफ्नो चुल्होमा खुलेआम आक्रमण गर्दा पनि मुकदर्शक बन्न वाध्य छौ। अहिले विद्यार्थी आन्दोलन भैरहेछ। यो पनी ग्र्याण्ड डिजाईन अन्तर्गत नै हो। 'म कुट्छु, तँ फकाए जस्तो गर' मात्रै हो । उसो भए पछी जनता पनि भुलिहाल्ने। कती सजिलै उनिहरुले हाम्रो आँखामा छरो हाल्छन र हामी अन्धो बनिदिन्छौ। यदी हाम्रो निम्ती यिनिहरुले साँच्चै आन्दोलन गर्ने नै हो भने फरक तरिकाले जसरी मध्यपूर्वमा आन्दोलन भयो, त्यसरी एउटा निश्चित बिन्दुसम्म किन जान सक्दैनौ? त्यसो भएको खण्डमा यि बृद्द नेताहरु उसै पाखा लागि हाल्थे नि। सिधै युवा बर्गको बर्चश्व कायम हुन्थ्यो नि। त्यसैले यि जती पनि देश प्रेमका कुरा उठेका छन। ति सबै आफ्ना नेता र आफ्नो पक्षपोषणका निम्ती रचिएका एक नाटक मात्रै हुन, त्यसमा 'म' पात्र पनि अछुतो छुइन होला। त्यसैले यि कुराहरुमा हाम्रो ध्यान जानु नितान्त जरुरी छ। जय खल्ती! 

Thursday, January 19, 2012

म समय (Poem) -By Ramesh Kandel


Ramesh Kandel
मान्छे उत्तरार्द्द खोज्न निस्कदा
हिमशिखर कालो मुख लाउदैछ
हरियो ड़ाडा फुस्रो हुदैछ
नदीहरु यात्रा छोट्याउदै छन्
उत्तरी दक्षिणी गोलार्ध रुँदैछन् 

तर मान्छे घपक्क अहमताले गाँज्दा
एटम बमको चुरी फुरी लाउछ
र निर्दोष आत्माहरु माथि गोलि बर्षाउँछ
अनि लाशहरु माथि ताण्डब नृत्य गर्छ
कार्बनडाइअक्साइडको राज्य निर्माण गर्दै
आवाजहरुलाई पैसाले बुझो लाउदोछ |

मान्छे ! तिमीले आफ्नो मृत्यु देखेनौ
तिम्रै गल्तिहरु आज ब्ल्याकहोल चिहाउँछ
रवि पनि क्रोधित हुदैछ बिस्तारै तिमि सँग 
के तिमीले यो धर्तिको लागि केहि गर्यौ ?
तिम्रा हरेक शब्दहरु मात्र प्रतिबद्दता
प्रतिबद्दता यथार्थ बनोस , न कि बिपरितार्थ

ए मान्छे ! धर्तीमा तिम्रो अन्त्य भयको दिन
सन्त्राशहरु मेटिनेछ , ब्ल्याक होल पुरिनेछ
तिम्रो मृत्युमा हिमाल हाँस्नेछ
फुस्रा डाँडाहरुमा तिम्रो मृत्युको खुशीमा
स्वतन्त्रताको उत्सव मनाइनेछ |
नदीहरुले बिजयोन्मादमा यात्रा शुरु गर्नेछ
उत्तरी दक्षिणी गोलार्द अस्तित्व पुनर्प्राप्तिमा
रविको शान्त चेहरा देखि रमाउनेछ |

ए मान्छे ! सक्छौ भने आफ्नो मृत्यु टार 
सगोल पर्याबरणिय प्रेमको मुद्दा अघि सार
म समय,
तिम्रा निर्णयहरुलाई पर्खिरहने छु चिहान डाँडामा |

Monday, January 16, 2012

सपना


मैले देखेको सपना- पर क्षितिजमा सुनौला किरण देखेर अलिक नजिक जान्छु, न्यानोपनको महशुस हुन्छ र म त्यसैमा समाहित हुन्छु। तत्काल मलाई पोल्छ, दुख्छ र रुन्छु, रुवाइको चित्कार टाढा टाढा सम्म फैलिन्छ। तर त्यहाँ त चित्कारै चित्कार मात्रै सुन्छु। मेरो चित्कार त्यही कतै बिलिन भैदिन्छ। कसैले सुन्दैन र सुन्नेहरु बेवास्ता गर्छन्। त्यो त रौरव कुण्ड रहेछ, त्यो त नरक रहेछ। मलाई त्यो अवस्थामा देखेर मेरो साथी सुजन उद्दार गर्छन्, मल्हम पट्टी गर्छन् र यसको नजिक नपर्न आग्रह गर्छन्। बिस्तारै मलाई आनन्दनुभूती हुन्छ र म उसको सल्लाह मान्दै कहिले त्यता नजाने प्रण गर्छु। तर यता मेरो नजिक रहेका बहुसंख्यक मान्छेहरु फेरी त्यही सुनौला किरणको कुरा गर्दै त्यो क्षितिजसम्मको यात्रा गर्न अनुरोध गर्छन्, त्यसले सबैको उन्नती हुने कुरा गर्छन्।

Monday, December 19, 2011

बन्दको बिरोध

लोकतान्त्रिक पद्दतिप्रति के यती चाँडै नेपाली काङ्ग्रेसलाई मोहभंग भएको हो त? उसलाई पनि उही प्रचण्डपथले के गाँजेको हो त? शायद अघिल्ला मतपरिणामहरुले उसलाई उक्साएर आफुलाई अघी ल्याउन कम्युनिष्ट मार्गले मात्र सहज देखेको हो कि? वास्तवमा नै यि सबै यसरी घटित भएको हो भने काङ्गेस ओरालो लाग्ने बाटो लागेकै हो।

धेरै मानिसको प्रजातान्त्रिक आस्थाको धरोहर आफै वामध्रुबमा रुपान्तरण हुन लागेको हो भने नेपाल अझै कैयन बर्ष प्रजातान्त्रिक शक्तिको उदय र समाज परिवर्तनको दिशामा भट्किदैं अध्याँरो कुनामा थन्किरहनेछ। अहिले उसलाई वामराजनितिलाई प्रजातान्त्रिक मूलाधारमा ल्याउने ऐतिहासिक जिम्मा पनि छ। बन्द र तोडफोड भनेको कम्युनिष्टहरुलाई सुहाउने चरित्र हो। त्यसैले आफ्ना मागहरु पुरा गराउन बेग्लै बिधी अपनाउनु पर्थ्यो। अहिले काङ्ग्रेस माओवादीले मुक्तिनाथका हत्याराहरु शहीद हुँदा शिव पौडेल किन हुन नसक्ने भन्ने तर्कहरु अघी सारिरहेछन्। त्यसो भए माओवादी जुन बाटो हिड्यो, उ पनी त्यही बाटो हिंड्ने त? हामी सामान्य जनताले सुन्दा माग सहि छन, तर बिधी सहि छैनन। हो, एउटा सरकारको सुरक्षा दायरा भित्र रहेको एक नागरिकको हत्या उसको असक्षमताको पराकाष्टा हो। जेलभित्र रहने एक कैदिको सुरक्षा सरकारले दिन सक्दैन भने आमजनतालाई सुरक्षाको अनुभूती कहिले सम्म दिलाउला? एउटा कुरा- भिसाको लागि हामीले राजनीति गरेका हैनौ भनेर एक काङ्ग्रेसी नेताले भने, जुन कुरा मलाई पनि राम्रो लाग्यो। बेला कुबेला थर्काउने राजदुतलाई दह्रै तमाचा पनि हो। एउटा कुटनैतीक ब्यक्तिले बोल्ने भाषा ति होइनन। तर नेपालीको मनमुटु राम्रासँग छाम्न भ्याएका बिदेशिका कुरा पनि अर्को ठाउँमा ठिकै लाग्छन। समग्रमा भन्ने हो भने बन्दले राजनीतिक पार्टी र तिनका नेताहरुको साख बढाउने हैन, घटाऊने नै छ। एउटा सामान्य ट्याक्सी चालक, जस्ले आफ्नो रोजिरोटिका निम्ती राजनीतिक पार्टिको बन्धक भएर कहिलेसम्म बस्ने? एउटा सामान्य कृषकले कहिले सम्म सहज तरिकाले आफ्ना उत्पादनहरु बजारसम्म लिएर जाने अवस्थाको बातावरण बन्ने? सामान्य कर्मचारी, जसले शहरभित्रको महङ्गिले गर्दा बाहिर डेरा खोजेर बसेको हुन्छ, उसले कसरी आफ्नो तलब पकाउने? अबका दिनमा हत्याहिंसा, बन्द र तोडफोडले उनिहरुलाई पतनको दिशामा उन्मुख गराउने छ। एउटा अपराधीक मुद्दा लागेको मानिसलाई शहिद घोषणा गराउने तर्फ भन्दा शान्तिसुरक्षाको प्रत्याभुती गराउने दिशामा दबाब सिर्जना गर्न लाग्नु पर्थ्यो। यो चरित्र निर्माण गर्न काङ्ग्रेसलाई छिट्टै बुद्दी पलाओस। -एक सामान्य नागरिक 

Tuesday, December 6, 2011

ईश्वरसँग सह-अस्तित्वको सम्झौता -By Ramesh Kandel



ईश्वरीय प्रमादमा रुमलिएका पल्लव पात्रहरु 
र गुरुकुलका केही सदश्यहरु 
मलाई लम्पसार पर्न आघोष गर्छन। 
अनी ति तिरस्कृत क्याक्टसहरुद्वारा 
विरुढ मनमा एकपक्षिय प्रहार गर्छन्
फेरी अन्तिम संस्कारमा लामबद्द हुन्छन। 



मलाई तिमीहरुले बनाएको बाटो मञ्जुर छैन र हुन्न पनि 
आफ्नो आफैद्वारा हत्या गरी लाश फ्याँकिने जग्गाहरुमा 
कहिल्यै बिसर्जित गराउने छुइन र नगराउन आग्रह पनि 


ईश्वरहरु सँग मैत्री गाँस्नु न कि लम्पसार पर्नु 
किनकी दासहरु मात्र झुक्छन पाउमा घरि घरि 
र आफ्नो स्वत्व आफै नष्ट गर्छन् अनी बर्बराउछन 
केवल बर्बराउछन जिन्दगीभर 
अभावमा मृत्‍यु घोषणा गर्छन्, अनी  ईश्वर हाँस्छ तिमी देखी 
ईश्वरलाई तिमी जस्ताको आवश्यकता छैन, त्यसैले ऊ मौन छ 


मैले ईश्वरहरुसँग हातेमालो गर्न खोजेँ, मित्रता गाँस्न खोजेँ 
उसले निशर्त स्वीकार गर्‍यो, वार्ता गर्‍यो र सहमति पनि। 
तिमीले जस्तो सहमतिको लागि कुनै मुद्दा तेर्साएन 
स्वार्थी, ढोगीं कुरा गरेर कहिल्यै अल्झाएन 
तिमीहरु भन्दा फरक अस्तित्व खोज्यो र मित्रता गाँस्यो
त्यसैले आजकाल उसलाई  दासहरु देखी घृणा लाग्न थालेको छ,  
स्वस्ती श्रीहरुको नतमस्तकता देखी दिक्क लाग्न थालेको छ,


त्यसैले आफुलाई सहि दिशामा प्रवाहित गर्न र जीवन बुझ्न 
स्वघोषित मित्रमण्डलिहरुको एउटा लश्कर तय गरेको छ
उसले बुझेको छ- दासहरु सत्य बोल्दैनन् तर साथी बोल्छ 
सत्यले नै समयको दुश्चक्रलाई कुल्चनेछ र अन्तहिन पिस्नेछ


मैले मेरो ईश्वरसँग हात पसारिन तर मित्रता गाँसे
मनको बिस्कुन लगाईन, तर सदभाव राखेँ
मलाई आँखा जुधाएर कुरा गर्न मन पर्छ, 
मनभित्रका संबेगहरु निर्धक्क खोल्न मन पर्छ 
त्यसैले मैले ईश्वर रोजें, ऊ भित्र मित्रता खोजें
र आज ऊ मेरो साथी भएको अनी ईश्वर भएको छ। 
एउटा अन्तिम सत्य खोल्दैछु र रोज्दैछु यो समय  
जीवनको प्रत्येक भुमण्डलिकरण बिच यो बगैचामा 
उसलाई यो मांसपेशिको मन्दिरमा कैद गर्नेछु अनवरत....!

Friday, December 2, 2011

कवी बिहानिको कविता र म -By Ramesh Kandel


कवी बिहानिका कविताले नै मलाई कविता कोर्न उक्साएका हुन भन्दा मलाई लज्जा महशुस हुन्न, तर बाहिरी आवरणमा मात्र बुझ्न खोज्नेलाई यिनका कविता घनघस्याको उकालो भन्दा कठिन लाग्छन। उनकै शब्दमा पनि कला बिनाको कविता लेख्नु, के कविता लेख्नु? -ले यिनिसँगका सामिप्यता बढेका होलान अर्थात यिनका कविता सँग मैले दौत्य सम्बन्ध गाँसे हुँला। यो कविता पढे पछी अलिकती भए पनि प्रतिकृया दिन सदा झै जाँगर कता कता बाट उर्लियो र किबोर्डमा मेरा औंला चल्न थाले। यिनले के सत्य उजागर गरेका छन भने अबका युग कविहरुको युग हो र हुनुपर्छ। उनिहरुले मात्र सुन्दर विश्वको चित्र कोर्न सक्छन भन्ने उदघोष हो कवी बिहानिको र यूके पुगेपछिको प्रथम कविता पनि।

Tuesday, November 29, 2011

आनी छोइङ डोल्माको "फुलको आँखामा"

आनी छोइङ डोल्माको "फुलको आँखामा" ले बेला बेला संबेदनशिल बनाउँछ र अनायासै आँखाहरु रसाउँछन। त्यसैले होला- धेरै समय पछी एउटा राम्रो कृति पढ्न पाएको अनुभूती संगालिरहेको छु। जस्तो सुकै काम, क्रोध, घृणा, राग, द्वेश, कलह जस्ता दुषित भावहरुलाई पनि दया, करुणा, प्रेम, क्षमा, शिल र धैर्यले वशमा राख्न सकिन्छ भन्ने पाठ र कुनै पनि काम असम्भव छैन भन्ने विश्वास यस पुस्तकबाट प्राप्त गर्न सकिन्छ। भूमिका बिहिन यिनको कृतिमा पुरुषहरुको राक्षसी प्रवृतिलाई उजागर मात्र गरिदिएको छैन कि यती हुँदा हुँदै आमाबाबु र गुरु जती यो संसारमा महत्वपूर्ण अरु केही हुनै सक्दैन किनकी यो जीवन अमुल्य उपहारको रुपमा उनिहरुबाटै प्राप्त गरेका हौं र सम्पूर्ण दुर्गुणहरुको अचुक ओखती पनि प्रेमाभाव नै हो- भन्ने यसको मूल सार हो। एउटा अर्को पक्ष उनी तिब्बती मूलको हुँदा हुँदै पनि आफु जन्मेको भुमी नेपाल प्रती अपार आस्था कायम राख्नु र म नेपाली हुँ-ले सम्पूर्ण नेपालीको शिर उँचो राखेकी छिन्। यस हिसाबले पनि नेपाल आकाश की यि अमुल्य तारा हुन। यिनको पाइलाहरु यसरी नै अटुट रुपले अघी बढीरहुन, यिनले सोचेको अस्पतालले मुर्तता पाओस, सबैतिरबाट यथेष्ट सहयोग जुटोस, यही शुभकामना आनी छोइङलाई र मुरी मुरी बधाई पनि।

Thursday, November 24, 2011

मरुभूमिको सडकमा एक रात -By Ramesh Kandel

   रातको नौ बजिसकेको थियो। सडकहरु सुनसान झै थिए। मेरो फोन जुमानले उठाइरहेको थिएन। म भित्र शंका उपशंकाले डेरा जमाउन थाल्दै थियो। हतार हतार मेरा पाईलाहरु नाइफ स्क्वायर देखी होर्लान्जसम्मको सडक नाप्न आतुर भइरहेथे। बेला बेला सडक खाली भएको मौका छोप्न कारहरु मलाई नै छोएर हुँइकिरहे जस्तो लाग्थ्यो। कहिलेकही अन्जानबश गर्ने गल्तिहरुले आफैलाई कती दुखाउदो रहेछ।

त्यसैले होला हावाका झोकाले पनि मलाई तमाचा मार्दै म भन्दा अघी बढ्ने कोशीस गर्दै थियो। आउनु अघी अजमान बाटै एक कल गरेको भए यतिबेला उतिसारो अतासिनु पर्दैन थियो। हैन, आज जुमेरात यती चाडै उ किन सुत्यो होला? न त जयराज भट्टराईको खजुरबोटेमा त भुलेन। यस्तै यस्तै तर्कनाबिच उसको कोठाको गेटमा कतिबेर पाईला रोकिन पुगेछ, पत्तै भएन। एक पटक पहिले दिउँसो खेरी आए बाहेक अर्को पटक आउने साईत मेरो लागि जुरेको थिएन। बहिरै गेटबाट उसलाई बोलाएँ। बाहिरी बत्तिहरु सबै निभिसकेको थियो, सडक भन्दा अलिक भित्र भएकोले त्यहाँको बातावरण चकमन्न थियो। मेरो स्वर घरको भित्तोसम्म ठोकिएर मेरो कानै नजिक आएर बज्रिन्थे। अहँ, उसले न त मेरो आवाज सुन्यो, न त मेरो फोनको रिङ्ग नै।

           म भित्रको अघी देखीको डरले पूर्णता पाईसकेको थियो। आज जीवन कै पहिलो पटक मैले सडकमा रात बिताउनु पर्ने भो। अजमान नै फर्किउँ भने गाडी नपाईने र पाईहाले अत्यधिक महङ्गो पर्ने। दुबइ देखी अजमान सम्मको दुरी झन्डै डेढ घण्टाको छ। लजमा बसौ भने मेरो आयस्रोतको हिसाबले पनि भारी हुने। मैले भोली नै घरखर्च पठाउनु पर्ने थियो। नत्र काठमाण्डौको महङ्गिमा परिवारको पेटले लडाईं गर्न असमर्थ थियो। त्यसैले होला, हिजो रोशनिले फोन गरेर भनेकी थिईन- "श्याम, यहाँ पैसा सिद्दिसक्यो, छिट्टै पैसा पठाउ न।" मन भारी बनाएर म फेरी अलिकती रमझम हुने र मलाई रात काट्न सहज हुने कारणले नाईफ स्क्वायर पाइलाहरु मोडें। 

           जुमान मेरो गाउँकै हो तर मैले उसलाई यहीं आएर चिन्ने मौका पाएको हुँ। उसको घर मेरो घरदेखी एक घण्टाको फरकमा अवस्थित थियो र उसले सानै देखी गाउँ छोडेर शहरतिरै डेरा जमाएको र होटेलहरुमा काम गर्ने क्रममा दुबइसम्मको यात्रा पुरा गरेको थियो। म भने नेपाली राजनीतिको कु-प्रभावबाट बच्न यहाँसम्म आइपुगेको थिएँ। मलाई नेपाली भने पछी मेरै गाउँघरका जस्ता लाग्थे, त्यसैले म नेपाली भने पछी भुतुक्कै हुन्थें। झनै ऊ त मेरै गाउँले थियो, उसलाई भेट्नु गाउँमा पुग्नु जस्तो महशुस हुन्थ्यो। मैले पहिलो पटक देशलाई माया गर्न जानेको पनि परदेशि बने पछी नै हो जस्तो लाग्छ, नत्र मैले देशकै राजनीतिमा संलग्न हुँदा पनि चिन्ता त लाग्थ्यो तर मैले प्रेम गरेकै हो जस्तो लाग्दैन। लागेको भए म यहाँ सम्म किन आउँथे होला। शायद त्यतिबेला मलाई मेरै प्राण प्रिय थियो, तर अहिले मलाई यो शरीर निकम्मा लागिसकेको थियो। मैले त्यतिबेला देशकै निम्ती किन प्राण आहुती दिन सकिन? दिनु नै परे कसरी कस्को लागि दिनु? तड्पिएर या तड्पाएर? अनेकान प्रश्नहरु सँगै म नाईफ स्क्वायरमा पाइला टेक्छु। 

            मलाई काठमाण्डौकै सडकमा एक रात बिताएर हेर्ने मन पनि नभएको हैन। तर मलाई मेरो आत्मले त्यसो गर्न दिएन, किन हो कुन्नी? त्यही ईच्छा आज आएर पुग्ने भो भनेर एक मनले स्विकार्यो, अर्को मन भने उकुसमुकुस हुँदै अरु उपायको खोजी गर्दैथियो। मैले सुनेको छु- यो चोक जहिले पनि जाग्रम बस्छ, उस्लाई यस्तै सडकपेटिमा अल्मलिएकालाई भुलाउने मन लागेर होला। ईण्डियन रेस्टुरेन्ट भने बेलैमा बन्द हुन्छ तर यि पश्चिमी सभ्यताका प्रयाय बन्न आतुर अरबी र पश्चीमी परीकार बन्ने रेस्टुरेन्ट अनी नगरबधुहरुको जमघट हुने लज वरीपरी भने केही बाक्लो उपस्थिती थियो। मेरो पेटमा मुसा दगुर्ने क्रम शुरु भयो, अघिसम्म पैसाको हिसाबकिताव खोज्ने यो मन लोभिएर रेस्टुरेन्ट तिर आँखा दौडाउदै थियो। मैले जसोतसो उसलाई त्यता जान बाट रोक्दै थिएँ, रोक्नकै लागि छलेर कहिले हयात होटेलको नजिक पुग्थे त कहिले बरदुबई जाने बोटहरु भएतिर। आखिर मैले पेट मात्र हेरेर भएन, आँखालाई पनि आराम दिनु थियो। 

           मैले सुनेको थिएँ- यहाँ दुईसय देखी माथि तिरे पछी नगरबधुहरु सँग रात कटाउन पाईन्छ, खाना भने आफैले उसको लागि समेत तिरिदिनु पर्छ। आफुले केही गर्नु पर्दैन, सबै कुरा उसैले जुटाइदिन्छे रे!खै, किन हो? मैले आज कसैलाई भेटिन। एकाध ठाउँमा देखेको पनि हो, मलाई कसरी भन्ने र कस्ता हुन्छन नगरबधु भन्ने हेक्का नहुँदा बोल्ने आँट आएन र लुरुक्क आफ्नो बाटो लाग्नु भन्दा अरु चारा देखिन। भोली मैले जसरी पनि बिस हजार पठाउनु थियो। त्यसैले मलाई ति कर्मतिर खासै चासो पनि लागेन तर मलाई नगरबधु कस्ता हुन्छन भन्ने जान्न सधैं उत्सुकता हुन्थ्यो।  
           यि उत्सुकताबिच नै चोकतिरै फर्के। अनी त्यहाँ अवस्थित सानो पार्कमा गएर लमतन्न पल्टें। उफ्फ मान्छेको जीवन पनि कती कष्टकर होला। मलाई हाम्रा ठमेलतिर जाडोमा पनि एकै ठाउँमा डल्लो परेर सुतेका सडक बालकहरुको याद आयो। मलाई यो सम्रिद्द शहरको सडकमा एक रात काट्न यती गाह्रो भयो भने तिनले दैनिक भोग्ने दु:ख देखेर मेरो मन रोयो। शायद तिनले सुँघ्ने गरेको प्लाष्टिक भित्रको गमको गन्ध कै शक्तिले यि सबै प्रकृतिका बाह्य आक्रमणबाट आफुलाई सुरक्षित राखेका होलान। मेरो मनले यस्तै आँकलन गर्‍यो र त्यो आकाशमण्डल चिहाएर सुस्तायो। पेटले भने उपद्रो मच्चाउन शुरु गरिसकेको थियो। त्यही अरबी रेस्टुरेन्टतिर अनायास बत्तिएर पुगे र हतपत मेनु हेरेर एउटा बर्गर र जुस मगाएँ। त्यसले पेटलाई अलिकती राहत प्रदान गर्‍यो र काउन्टरमा पुगेर पर्स निकाले र सोधें- "कती पैसा भयो?" क्याशियरले एक सय पचास भन्दा झसङ्ग भएँ। तर मेरो अगाडि अरु उपाय पनि थियन नि, पैसा तिरेर बाहिरिएँ। मलाई मेरा साथीहरु आफु खानको निम्ती पैसाको मुख नहेर भन्थे, नहेरेर पनि के गर्नु? म सँगै अरु पेटहरु पनि सम्बद्द छन भनेर खै किन बुझ्दैनन उनिहरु। सोचेँ- यो एक सय पचासले मेरो देशमा तीन हजार बन्थ्यो। हुन त मैले भन्दा थोरै तलव लिनेहरु हप्तामा एक पटक दुबइका नगरबधुसँग एक दिन समर्पण गर्न आइपुग्थे, खजुरबोटेको पनि बन्दोबस्ती गरेकै हुन्थे। कसरी पुर्याउछन होला जस्तो लाग्थ्यो। भित्रै सम्म घुस्ने कोशीस पनि गरिन र उनिहरु जस्तै गैह्रजिम्मेवार पनि बन्न सकिन र त्यो तीन हजार भित्र हराउन थालेँ।    

           अहिले रातको दुई बजिसकेको थियो होला। अब भने मलाई थकित अनुभूत हुँदै थियो। त्यसैले फेरी नगरबधु खोज्ने चेष्टामा कहिले लज अगाडि त कहिले सडक भौतारिरहें। अघी त्यती धेरै पैसा गयो भनेर हो कि मलाई अरु गुमाउन पनि माया लागेन। भोली पठाउने पैसामा चोट पुगिसकेको थियो। एक महिना खान पुग्ने पैसा अघी नै रेस्टुरेन्टमा फ्याँकिसकेको थिएँ। कोठामा आफैले बनाएर खाँदा एक सय पचासले जत्ती पुग्थ्यो पनि। हिड्दा हिड्दै एक जना फिलिपिनी तिर मेरो नजर दौडियो। कुनै पठान(पाकिस्तानि)ले उसँग मोलमोलाई गरिरहेथ्यो। कुरो नमिले पछी त्यो केटी अगाडि बढी, म पनि पछी लागेँ र अलिक अघी पुगेपछी उसलाई भेटाउन सफल भएँ। एक्सक्युज मी भन्दै कती पैसा लिन्छौ भनेर सोध्न भ्याइहालेँ। उसले दुई सय भनी। पैसा सुन्ने बित्तिकै घर सम्झे, स्कुल पढ्दै गरेका नानीहरु सम्झे अनी उनिहरुको अवस्था सम्झे र अत्तालिएर पाइलाहरु अनायासै फर्के र फर्की फर्की उ गएको बाटो हेर्दै ओझेल नहोउन्जेल मेरा नजरहरु ओच्छ्याइरहे कुन्नी के के सोच्दै? अनी फर्केर उही पार्कमा डङरङ्ग पछारिएँ, आफैलाई आफु भारी भएथ्यो शायद। केहीछिन पछी अलिक चहलपहल बढ्न थाल्यो। घडी हेरें, बिहानको चार बजिसकेछ। आफुलाई बिस्तारै उठाएँ र होटेल हायात भएतिर पाइतालाहरु चल्न थाले। केही अगाडि गएपछी एउटा नारिआवाज सुने, यसो हेरेको त दुई जना चाइनिज जस्ता देखिने मादक पदार्थले लठ्ठ मलाई नै बोलाइरहेथे। नजिक गएर किन भनी सोधें। मलाई पच्चिस दिराममा आउन आग्रह गर्दैथिए। तर किन हो कुन्नी त्यो रातभरको बसाइले मलाई उनिहरु देखी टाढा हुन मन लाग्यो। जुमानकोमा जान पनि मन परेन। त्यो अमिलो रातलाई स्‍मृतिमा संगालेर जबेलअली भन्ने ठाउँमा अर्को साथी भेट्न पब्लिक बस चढे। 

Sunday, November 13, 2011

शरद ऋतुमा केही शितलताको अनुभव हुँदैथ्यो। त्यसैले होला मलाई अलिक घुम्न मन लाग्यो र मेरो साथीलाई फोन गरेर आज भेट्न आउने कुरा बताएर अफिसतिर लागेँ। मरुभुमिका उराठलाग्दा द्रिश्यहरु बिच मैले आफुलाई सहज बनाउदै लगेको थिएँ। परदेशमा अधिक समय आफ्नै मातृभूमीको यादले सताउछ, त्यसबाट म पनि अछुतो रहन सकिन। त्यसैले पनि म नेपाली भने पछी भुतुक्कै हुन्थे। अझ आफ्नै गाउँका मान्छे भेट्न पाउनुको आनन्द बेग्लै हुन्छ। यस्तै मिठा अनुभुती संगाल्दै दिन बित्दै गयो। म बसेको ठाउँलाई सनैया भनिन्थ्यो। जहाँ हरियालीको सानो अंश पनि देख्न पाईन्नथ्यो। औद्योगिक क्षेत्रलाई अरबिमा सनैया भनिन्छ। यसलाई श्रमशिविर भन्दा पनि फरक पर्दैन। केटी मान्छे र अलिकती हरियो देख्न शहर नै पुग्नुपर्ने, त्यसैले होला यौन भावना अलिक बढी नै हावी हुन पुग्थ्यो। कतिपय साथीहरु बिहीवार आयो कि दुबइको रात्रीलाई रङ्गिन बनाउन तत्पर हुन्थे। मलाई पनि साथीहरुको कुराले बेला बेला उचाल्थ्यो अनी घर सम्झिदै थेचारिन्थे। सिमित तलबमा घर धान्नुपर्ने म जस्ता श्रमिकका लागि खाडी नरक बनेर उभिएको थियो। हुन त म भन्दा कम्ती तलब हुने पनि हप्ताभरी काम गर्थे अनी ऋण खोजेर रातको दुईतीन सय खर्च गर्न पछी पर्दैनथे। अरु जस्तो घर पैसा पठाउन छोडेर गैह्रजिम्मेवार बन्न मैले सकिन। फेरी नगरबधुहरुसँग संपर्क बढाउनु भनेको आत्मिय प्रेम बिनाको सम्बन्ध हो-ले मलाई अनावश्यक खर्च गराउनबाट सधैं बञ्चित गरायो। तर पनि मलाई त्यस्ता गतिबिधी नजिक बाट नियाल्न र कुरा सुन्ने उत्सुकता भने सधैं रहन्थ्यो।   

Friday, November 11, 2011

'म अमेजन उकालो बग्छु'-एक पाठकको आँखामा -By Ramesh Kandel

अब उप्रान्त म 'म' नै बाँच्छु-
म 'बग्छु, र 'बाँच्छु' 'अमेजन नदी' 
खोला जीवन हो सम्झेर बग्नु बाँच्नु हो