कवी बिहानिका कविताले नै मलाई कविता कोर्न उक्साएका हुन भन्दा मलाई लज्जा महशुस हुन्न, तर बाहिरी आवरणमा मात्र बुझ्न खोज्नेलाई यिनका कविता घनघस्याको उकालो भन्दा कठिन लाग्छन। उनकै शब्दमा पनि कला बिनाको कविता लेख्नु, के कविता लेख्नु? -ले यिनिसँगका सामिप्यता बढेका होलान अर्थात यिनका कविता सँग मैले दौत्य सम्बन्ध गाँसे हुँला। यो कविता पढे पछी अलिकती भए पनि प्रतिकृया दिन सदा झै जाँगर कता कता बाट उर्लियो र किबोर्डमा मेरा औंला चल्न थाले। यिनले के सत्य उजागर गरेका छन भने अबका युग कविहरुको युग हो र हुनुपर्छ। उनिहरुले मात्र सुन्दर विश्वको चित्र कोर्न सक्छन भन्ने उदघोष हो कवी बिहानिको र यूके पुगेपछिको प्रथम कविता पनि।
आकाशमा सुर्य उदाउनु बिहान हुनुको संकेत हो,
जीवनको पाठशालामा साँझहरु कष्टको अवधि तौलिदै
असंख्य वियोग संगालेर सुर्यास्त सम्म
इश्वरका ककटेल सन्देशहरु मातेको बिहान लाइ सुनाउन बस्छन !!
पानि माथि लेखिएका स्वर्गका चित्रहरु लिएर
पानिको मलिलो छाति बस्तिहरु मा इश्वर बगाउँछ,
यस धर्तिका देशान्तरहरु मा फुलका बियाँहरु इश्वरका ककटेल सन्देश बोकेर
छालहरु मा ओइलिएका आस्थाको आयतन संग घृणा साँटासाँट गर्छन !!
माथि हामीले भोगिरहेका सत्यलाई यसरी ब्यक्त गर्छन् कि- सिमित गुट उपगुटको परीधी भित्र रहेर मानिस अर्थात फुलका बियाँहरु एक-आपसमा अनास्थाहरुको बिजारोपण गरेर सुन्दर फुल भएर फुल्ने अवसर गुमाउँदैछन। संस्कारगत हिसाबले भाविताका आस्थामा भर गरेर जीवनलाई स्वर्गको कल्पनामा बहाएका यि आफ्नै जीवनलाई नारकिय बनाउन उद्दत छन। यही कुरामा एउटा सांझ उही ईश्वरका ककटेलहरुमा समर्पित गर्दा छन आजका मान्छे।
यस युगका महान कविहरु इश्वरको हत्या गर्छन
इश्वरको मृत्युशोक मनाउन उनिहरु ले जानेका छैनन्,
घृणाको स्वास फेरी रहेको पृथ्वीलाइ पिण्ड खुवाएर
निषेधित सडकमा उल्टो सङ्ख फुकिरहेछ्न कविहरु !
भोका इश्वरहरु लाइ खुनी शिर चढाएर
कवि का मुर्कुट्टाहरु बार्दलीमा सुर्यस्नान गर्छन,
इश्वरका ककटेल सन्देश बोकेर देशान्तरमा फुलका बियाँहरु
खालि मुदुसहरु मा मुस्किल आतंक नाचीरहेछन !
कविहरु ईश्वरको भर पर्दैनन भन्ने यथार्थलाई माथि प्रष्ट रुपमा राख्दै अगाडि लेख्छन कि हाम्रा स्वर शब्दहरु शायदै काम होलान तर पनि यिनले ईश्वरको अस्तित्वलाई तिलाञ्जली दिदै कर्महरुमा लाग्न प्रेरित गर्दा छन अर्थात निषेधित सडकमा उल्टो सङ्ख फुकिरहेछ्न कविहरु र इश्वरका ककटेल सन्देश बोकेर देशान्तरमा फुलका बियाँहरु खालि मुदुसहरुमा मुस्किल आतंक नाचीरहेछन।
माफ गर्नुस प्रिय भावक हरु ! शाब्दिक सपनाको उपरोक्त मार्गचित्र
मानवताको किनारमा पाहुना बन्न युद्ध अस्थिपन्जरमा झुल्केको जूनले
आँशु र रगतले आगामी सय बर्ष सिंगारेर देखेको यस पृथ्वीको अन्तिम सपना हो,
मान्छेका सापट उमंगहरु मा बाँचेको मान्छेकै स्खलित बर्चश्वको अन्तिम यथार्थ हो !!
कविहरु समयका मार्गचित्र हुन, त्यसैले यो मार्गचित्र नै हाम्रो हामीले अबलम्बन गर्नु पर्ने बाटो हो अर्थात कविहरु नै समाज परिवर्तनका असली संबाहक हुन। यसर्थ पनि यो कविताले उच्च भाव प्रकट गरेको छ। जुन आजको आवश्यकता पनि हो। त्यसैले यि कवी समय हुन र कविता समयको बोली। यसकारण यि कविलाई माया गर्छु र कवितालाई पनि। हार्दिक बधाई प्रिय कवी बलदेव भाई।
No comments:
Post a Comment