Shabdahar Creations Pvt. Ltd. |
साहित्यिक तथा मिडिया
क्षेत्रमा काम गर्न केही असजिलो भए पनि समाज सँग प्रत्यक्ष सम्बन्ध राख्न यसले
महत्वपूर्ण सहयोग गर्छ र राजनैतीक क्षेत्र भन्दा अलिक सम्मानयोग्य बातावरण यसमा
पाउन सकिन्छ। किनकी यसले समाजलाई धेरै कुरा दिन्छ र थोरै लिन्छ। ज्ञान चक्षु भनेकै
शब्द हुन। शब्दका मार्फत समस्त मानव जातिले सुसुचित हुने मौका पाउँछ। त्यसैले पनि
हामीले यो क्षेत्रलाई कर्मक्षेत्र बनाउने कोशीस गरेका छौं। हामी आफुलाई साहित्यकार
भनाउनु भन्दा समाजलाई केही दिन सक्ने ब्यक्तित्वलाई सार्वजनिकिकरण गर्नु अर्थात
नवप्रतिभालाई हौसला तथा प्रोत्साहन प्रदान गर्नु नै हाम्रो लक्ष्य थियो, छ र रहनेछ।
यसै सन्दर्भमा ओझेलमा परेका
तर क्षमतावान स्रष्टाहरुलाई अगाडि ल्याउन के कसरी अघी बढ्नु पर्छ भनेर धेरै
सहयोगी तथा साहित्यप्रेमी मनहरुसँग छलफल भएको थियो। यसै क्रममा धेरै योजना
बन्दै तुहिने क्रममा धेरै समय खर्च गर्यौ। कुरा मात्रै गर्ने तर काम गर्न कुनै
उत्सुकता नजनाउने कारण हामीले केही साथीहरु सँग अन्तिम पटक छलफल गर्यौँ। शायद
अन्तिम पटक हामीले सही बाटोको रेखा कोर्यौं, जसको कारण यो(शब्दहार क्रियशन्स् प्राली)कम्पनी दर्ता गर्न पुग्यो।
दर्ता भइसकेपछी अब कसरी आगामी यात्रा तय गर्ने भन्ने कुरामा केहि अन्योल कायम
नरहेको हैन, तर प्रिय
मनहरुको साथले हामीलाई अगाडी बढ्न कुनै असहजता महशुस भएन। अहिले हामी ठुलो
परिवारको हुन पुगेका छौ। जसका कारण आज यो अवस्थामा आइपुग्यौं। हामी कसरी अघी बढ्ने
भन्ने चिन्ता प्रवल हुँदा हुँदै पनि हामीले साथीहरु सँग सहकारी अवधारणालाई अनुसरण
गर्दै पुस्तक प्रकाशन अघी नै पाठकहरुकै लगानिमा पुस्तक निकाल्ने योजना बुन्यौं।
यसले हामीलाई दोहोरो फाईदा भएको छ। हामीले पुस्तक प्रकाशन गर्दा पहिल्यै
भोग्नुपर्ने आर्थिक समस्याबाट मुक्ती, साहित्यनुरागी पाठकको उल्लेख्य सहभागिता र त्यसले पुस्तकको प्रचार
प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने, प्रतिभावान तथा क्षमतावान सर्जकले आफुलाई फुलाउन पाउने आदी जस्ता
फाईदा पाउने देखेका छौं। त्यसैले यसलाई निरन्तरता दिन सबै संस्थापक मित्रहरु र
हाम्रा शुभचिन्तक मित्रहरुले अत्यन्तै उत्साहित भएर यसलाई मुर्तता दिन जिम्मेवारी
सुम्पनु भयो। हामीले यो पटक दुई नारी हस्ताक्षरलाई अगाडि ल्यायौं र विधा हो- कथा।
हामीले अन्य विधामा पनि विस्तारै लगानी गर्दै जाने सोच बनाएका छौ। हामीलाई विश्वाश
छ- हामीले प्रतिभावान, क्षमतावान
कथाकारहरुलाई सार्वजनिक गरेका छौं र यथेस्ट माया पनि पाएका छौं। पछील्लो समय जसले
हामीलाई प्रत्येक पाइलामा साथ दिने वचन दिएका थिए तिनै साथीहरुले असन्तुष्टी पनि
ब्यक्त गरे पनि हामी सफल भएर छाड्यौँ / समय बदलिएको छ, हामी प्रति सबै सकारात्मक
हुनु हुन्छ/ हामी चाहन्थ्यौं - यस माटोमा केही गरौं, तर धेरै समय अन्यौलमै
बिताउनु परे पनि आखिर गन्तव्य भेट्यौं। हाम्रो टिमका सबै साथीले यसका लागी
प्रत्येक पाइलामा तन मन धनले साथ दिनु भयो, उहाँहरुलाई नसम्झिने हो भने यो कलम अहिले पनि अपुरो हुनेछ। टिमलाई
पनि शब्दहारको यात्राले थोरै खुशी दिन सक्यो भने पनि कम्पनीको लागि महत्वपूर्ण
उपलब्धी हुनेछ। हामीलाई थाहा छ- यो यात्रामा पनि धेरै वाधा व्यबधान व्यहोर्नु
पर्नेछ। तर धेरै सहयोगी आत्मिय मनहरुको साथले यो यात्रा सार्थक हुनेमा विश्वस्त
छौं। अहिले सम्म निम्न मित्रहरुले साथ दिनु भएको छ। हामी यहाँहरुको साथलाई त्यसै
खेर जाने दिने छैनौ। पुस्तकको विक्रीबाट प्राप्त हुने रकमबाट फेरी अर्को नव
प्रतिभा कै सिर्जनामा खर्च गर्नेछौ। त्यसको सम्पूर्ण जानकारी लगानिकर्तालाई गराउने
छौ। यदी यो शब्दहार धेरै अगाडि बढ्न सक्यो भने यहाँहरुको लगानिलाई शेयरको रुपमा
ग्रहण गरी त्यसको अधिकार प्रत्यायोजन गर्नेछौ। सबैलाई यो जानकारी पनि गराउँछौ कि-
यो यात्रामा तपाईंहरुले स्वेच्छिक सहभागीता जनाउन सक्नु हुनेछ र यो तपाईंहरुको दान
नभएर स्वेच्छिक लगानी हो। यसमा कसैको भ्रम नरहोस्। साहित्यिक यात्रामा यो हाम्रो
महत्वपूर्ण पाइला हुनेछ। हामीले यस साहित्यिक यात्राका लागि राम्रा प्रेस, वितरकका साथ पाएका छौं।
कथाकार बिद्या सापकोटाको कथा सङ्ग्रह 'नीलो तृष्णा', कथाकार
बिना थिङ तमाङको तमाङ भाषाको कथा सङ्ग्रह(नेपाली अनुवाद सहित)'छुकी' यसै कोषबाट निकालेका छौं
भने हाम्रो लगानी पनि उठ्ने क्रम जारी रहेकोले चाडै २०७०को लागी नयाँ कृति छनौट
गरेर यहाँहरु समक्ष लिएर आउनेछौं । हाम्रो संस्थापक यो कोषमा लगानी गर्ने सबैलाई
मानिनेछ, आन्तरिक
टिम भने हामीले सार्वजनिक नगर्ने निर्णय गरेका छौं। यदी यहाँहरु पनि हामी सँग
आवद्ध हुन चाहनु हुन्छ, लगानी
गर्न उत्सुक हुनु हुन्छ भने ईच्छुक मनहरुले हामीलाई ९८५११३०७४६मा संपर्क गर्न
सक्नु हुनेछ वा kcramesh33@gmail.com
मा ईमेल गर्न सक्नु हुनेछ। धन्यवाद।
हाम्रो यात्रामा अहिले सम्म
सरीक हुनु हुने स्रष्टा तथा साहित्यप्रेमीहरु:-
1) मनु लोहोरुङ रु १०००|-
2) शिला छेत्री रु २०१०|-
3) अमृता लम्साल रु ४५००।-
4) अनन्त लम्साल रु ३०००|-
5) बलराम उपाध्याय रु १०००|-
6) ....................... रु २०००|-
7) शेखर बिकल्प - रु
५००|-
8) कल्पना भावुक - रु ५००|-
9) रोहित कुमार- रु
१५०४|-
10) ईन्दिरा प्रयास- रु २०००|-
11) भगवती कंडेल- रु ५०००|-
12) ईन्द्र नारायण चोङवाङ - रु ३०१०|-
13) बिना थिङ तमाङ - रु ५००|-
14) तिब्बत दर्लामी - रु ५००|-
15) प्रतीक ढकाल - रु १००५/-
16) दीप्स शाह+राजा शाह - रु ५०००/-
17) समदर्शी काँइला- रु १०००५/-
18) सागर बस्नेत - रु १०००/-
19) गौरी कंडेल - रु
५००/-
20) सञ्जयराज शर्मा- रु १०००/-
21) महेश राणा - रु ५००/-
22) पुरु अधिकारी - रु १५४०।-
23) निर्मला खड्का, कुन्ता-डण्ड
परिवार रु ५०००।-
24) बुद्धी मोक्तान रु ५००।-
25) माधब भट्टराई (विप्र) रु ४९००।-
26) अशोक पार्थिव तमाङ तथा छ्योइसाङ थिङ तामाङ रु २०००।-
27) मीरा मन थापा रु ५०००।-
28) नैना निर्झरा रु १०००।-
29) दिलिप अविरल रु ५०१।-
30) केशवजी- रु १०००।-
31) राजकुमार भट्ट रु
८००।-
32) अनन्त पोखरेल रु
२००।-
33) ................ रु २००।-
34) ................. रु ५००।-
35) राजन लामा डिम्दुङ रु २०००।-
36) सुरेशमान रुम्बा तमाङ रु २०००।-
37) मिलन मोक्तान रु १०००|-
38) बलदेव भट्ट+अजिता भट्ट(सिम्खडा) रु ५०००।-
39) भक्ती प्रशाद पौडेल - रु ५००।-
40) केशब लामा रु १६००।-
41) काभ्रेली कान्छा रु ३१२९।-
42) हरी मानन्धर रु
५०००।-
43) अतृप्त कमल रु ५५०।-
44) विश्वदिप तिगेला- रु ५००|-
45) भगवती बस्नेत रु ५०००।-
46) केदार सङ्केत रु ६११५।-
47) मणिक लाल घिसिङ रु १०००।-
48) गोपाल कंडेल रु ५५१|-
49) श्याम के ग्लान तमाङ रु १०००।-
50) दीपक जडित रु ७४३।-
51) उर्बाछिरिङ्ग तमाङ रु ५०००।-
52) सौम्य प्रसाइ रु १००१।-
53) दिवा खरेल रु १००१।-
54) मनिषा गौचन रु ५००।-
55) कृष्णपक्ष थापा रु १०,०००।-
56) झमक भट्टराई रु ५००।-
57) पदमा लिंखा मगर रु ३०००|-
58) कृष्ण कला वनेम रु २००००|-
59) गणेश खड्का रु ५०००|-
60) खगेन्द्र पान्धाक लिम्बु ....... (उहाँले आवरण बनाएर हामीलाई साथ सहयोग दिनुभएको छ। )
59) गणेश खड्का रु ५०००|-
60) खगेन्द्र पान्धाक लिम्बु ....... (उहाँले आवरण बनाएर हामीलाई साथ सहयोग दिनुभएको छ। )
जम्मा रु १५०८६५।-
No comments:
Post a Comment