समयको दुर्घन्धले मैले हिंड्ने बाटाहरु
कुइरिमण्डल भएर निसास्सिएको बेला
लफ्रक... लफ्रक... लफ्रक... लफ्रक...
सपना बटुल्ने झोला कांधमा भिरेर
सपनाको जिली खोज्दैछु यताउती
मण्डेला युगका लेनिन र माओहरु
अझै पनि सपनाहरु बेच्न चुक्दैनन
खै! किन??? किन???
खेतका डिलहरुमा चराहरु भगाउन
प्रयोग गरिने बुख्याँचाका बिम्बहरु
र
तिनिहरुका अनुहार उस्तै उस्तै लाग्छन।
भ्रमको खेतिमा बाँचेको मेरो समय
डुङडुङ्ति गन्हाइरहँदा त्यसैको फेरोमा
लबेटिएर म भने
लफ्रक... लफ्रक...लफ्रक... लफ्रक...
No comments:
Post a Comment