Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Sunday, November 25, 2012

शब्दहार र सहयात्री -By Ramesh Kandel


Shabdahar Creations Pvt. Ltd.
साहित्यिक तथा मिडिया क्षेत्रमा काम गर्न केही असजिलो भए पनि समाज सँग प्रत्यक्ष सम्बन्ध राख्न यसले महत्वपूर्ण सहयोग गर्छ र राजनैतीक क्षेत्र भन्दा अलिक सम्मानयोग्य बातावरण यसमा पाउन सकिन्छ। किनकी यसले समाजलाई धेरै कुरा दिन्छ र थोरै लिन्छ। ज्ञान चक्षु भनेकै शब्द हुन। शब्दका मार्फत समस्त मानव जातिले सुसुचित हुने मौका पाउँछ। त्यसैले पनि हामीले यो क्षेत्रलाई कर्मक्षेत्र बनाउने कोशीस गरेका छौं। हामी आफुलाई साहित्यकार भनाउनु भन्दा समाजलाई केही दिन सक्ने ब्यक्तित्वलाई सार्वजनिकिकरण गर्नु अर्थात नवप्रतिभालाई हौसला तथा प्रोत्साहन प्रदान गर्नु नै हाम्रो लक्ष्य थियो, छ र रहनेछ।

Sunday, April 1, 2012

चालिसौ जन्मदिन र मनका कुरा -By Ramesh Kandel


एउटा उक्ती छ- 'मनको बह कसैलाई नकह' अर्थात आफ्नो कुरा भरसक अरुलाई नसुनाउनु। तर कतिपय कुरा मन भित्र कैद गरेर राख्दा जलन हुदो रहेछ। त्यसैले होला- साहित्यकार दाज्यु जगदिश घिमिरेले आफ्नो कृति 'अन्तर्मनको यात्रा'मा 'मनको बह सबैलाई कह' भनेका छन। अनौपचारिक भेट वा नाम र चेहरा देखेकै भरमा मान्छेले झट्ट हेर्दा एउटा अलग ब्यक्तित्व को तस्विर बनाउन पुग्छन तर बन्द खाम भित्रको जीवन र अरुले देख्ने तस्विरमा फरक हुन्छ। त्यसैले मैले फेसबुकमा एउटा स्टाटस राखें- 'बन्द खाम भित्रको जीवन र तिम्रो आँखा' तर साथीहरु ले के कसरी लिए, मैले त्यस तर्फ चासो दिने कोशीष गरिन।