हतास मुखाकृतीहरु यन्त्रवत चलिरहेछ
अशौच बारेका मानवहरु
प्रकृतीलाई लात ठोक्दै
बाँस घारिको बाटो हुँदै
चन्द्रमा पुग्ने लख काटिरहेछन्
अवचेतन मनहरु संघटनतर्फ उन्मुख
बेबिलोनका झुलाहरुमा झुल्दै
चुर्ण चुर्ण विभक्त शब्द छिमोल्दै
अनौठो संसारको परिकल्पना गर्दछन्
म भने चिहान डाँडाको उचाइ नाप्दै
अभिशप्त मनहरुसँग कावा खाँदै
संघटित मनका उच्छावास बोकेर
सुस्केरा हाल्दै माइदोभानको तिरैतिर
महासागरको यात्रा निस्कैदैछु
एक कहालीलाग्दो अतित चिहाउँदै
समर्पण भावले नयाँ संसार कोर्न उद्दत
मेरा प्रतिछायाँ लरबराउँदै अघी बढ्छ
हिटलरका बुख्याँचाहरु मेरो बाटोमा तगारो हाल्दै
अन्यौलको भुमरी थोपर्दै
आदिम युगतिर बडो जोडले घचेट्दोछ
मेरा पाइला काँप्दैनन् यि बुख्याँचाहरुदेखि
निर्भिक म अर्जुन द्रश्टा बनी
भावातित शुन्यताहरुसँग अघी बढीरहेछु
मेरा प्रतिछायाँहरु मलाई नै पच्छ्याइरहेछन्
ए! मान्छेहरु आउ अब सँगै मिली कठोर महायात्रा पुरा गरौं ।
No comments:
Post a Comment