मैले देखेको सपना- पर क्षितिजमा सुनौला किरण देखेर अलिक नजिक जान्छु, न्यानोपनको महशुस हुन्छ र म त्यसैमा समाहित हुन्छु। तत्काल मलाई पोल्छ, दुख्छ र रुन्छु, रुवाइको चित्कार टाढा टाढा सम्म फैलिन्छ। तर त्यहाँ त चित्कारै चित्कार मात्रै सुन्छु। मेरो चित्कार त्यही कतै बिलिन भैदिन्छ। कसैले सुन्दैन र सुन्नेहरु बेवास्ता गर्छन्। त्यो त रौरव कुण्ड रहेछ, त्यो त नरक रहेछ। मलाई त्यो अवस्थामा देखेर मेरो साथी सुजन उद्दार गर्छन्, मल्हम पट्टी गर्छन् र यसको नजिक नपर्न आग्रह गर्छन्। बिस्तारै मलाई आनन्दनुभूती हुन्छ र म उसको सल्लाह मान्दै कहिले त्यता नजाने प्रण गर्छु। तर यता मेरो नजिक रहेका बहुसंख्यक मान्छेहरु फेरी त्यही सुनौला किरणको कुरा गर्दै त्यो क्षितिजसम्मको यात्रा गर्न अनुरोध गर्छन्, त्यसले सबैको उन्नती हुने कुरा गर्छन्।
म अन्यौलमा पुग्छु र सत्य अघी भर्खरै भोगेको बिर्सन्छु। यताको होहल्ला र कल्याङ मल्याङले ति सबै भुल्न मद्घत पुगिरहेको हुन्छ। नेपथ्यमा सुजनको उपस्थितिले झस्काइरहन्छ। फेरी पनि यताको होहल्लाले मेरो टाउको रनक्क हुन्छ र पोल्न थाल्छ। त्यो अघी न भोगेको, दुखेको, रोएको भन्दा अहिलेको जलन बढी लाग्न थाल्छ। यता पनि उता पनि उस्तै रुपले जल्नु पर्ने भए पनि तत्काल महशुस गरेको जलन मानीसलाई बढी लाग्दो रहेछ। म आफुलाई ऐठनमा भएको महशुस गर्छु र छटपटिन्छु, यस्तैमा मेरो निन्द्रा खुल्छ। यसो हेरेको बिहानको ६बजिसकेछ। अघिको त्यो छटपटाहट त सपना रहेछ। मेरो देब्रे हात छाती माथि रवाफले पट्टी कसेर बसेछ र त मलाई अप्ठ्यारो भएको रहेछ। अझै उसले मेरो छातीमा केही दिन ढुक्कले राज गर्नेछ। जे भए पनि म सकुशल आफ्नै माटोमा रहेको पाएर एक पित्को मुस्काएँ। त्यो क्षितिजमा जान नपरोस भन्दै सुजनको सुझाब मनमनै गुनेर देवीदेउतालाई कामना गरेँ। आशा छ ईश्वरले मलाई अवश्य फेरी पनि उद्दार गर्नेछन। जय सपना!
No comments:
Post a Comment