श्यामवेत समयको कुइनेटाबाट
एउटा आदिम मानिस हठात
दुष्कृति र अभ्यर्थनबाट भाग्दै
क्षितिज पारीको उज्यालो ताकिरहेछ।
खुशीको दियो जलेको स्वप्नद्रष्टा
मनको कुनामा जतनले सजाउँदै
पराधिन समयको परजिवी दैनिकी
मौन मौन अन्तस्करणको चित्कारमा
मौन मौन अकर्मण्यताको शिकारमा
शिरफुलका स्वप्न बिम्बहरु
एक तमासले पडकिरहेछन
पट...पट...पट...पट...पट...
त्यही बिम्बहरुबाट बाँकी बक्यौता
गतिशिल पाइलाहरुमा अनवरत
यो परजिवी समय र मनफुलहरु
एक नुतन किरण पछ्याइरहेछ।
एउटा आदिम मानिस हठात
दुष्कृति र अभ्यर्थनबाट भाग्दै
क्षितिज पारीको उज्यालो ताकिरहेछ।
खुशीको दियो जलेको स्वप्नद्रष्टा
मनको कुनामा जतनले सजाउँदै
पराधिन समयको परजिवी दैनिकी
मौन मौन अन्तस्करणको चित्कारमा
मौन मौन अकर्मण्यताको शिकारमा
शिरफुलका स्वप्न बिम्बहरु
एक तमासले पडकिरहेछन
पट...पट...पट...पट...पट...
त्यही बिम्बहरुबाट बाँकी बक्यौता
गतिशिल पाइलाहरुमा अनवरत
यो परजिवी समय र मनफुलहरु
एक नुतन किरण पछ्याइरहेछ।
No comments:
Post a Comment