मानसिक असन्तुलनबाट गुज्रिरहेको एउटा पात्रको रुपमा आफुलाई प्रस्तुत गरेर र त्यस अवस्थामा मञ्जुश्रीको समय देखी वर्तमान समयसम्मको काठमाण्डौ खाल्डो भित्रको त्यही मानसिकतामा सूक्ष्म बिश्लेषण तथा टिप्पणी गरेको एउटा गहिरो दर्शनको ठेली हो-'घनचक्कर'।
Monday, January 23, 2012
घनचक्कर भित्रको रहस्य र पाठक दृष्टिकोण -By Ramesh Kandel
मानसिक असन्तुलनबाट गुज्रिरहेको एउटा पात्रको रुपमा आफुलाई प्रस्तुत गरेर र त्यस अवस्थामा मञ्जुश्रीको समय देखी वर्तमान समयसम्मको काठमाण्डौ खाल्डो भित्रको त्यही मानसिकतामा सूक्ष्म बिश्लेषण तथा टिप्पणी गरेको एउटा गहिरो दर्शनको ठेली हो-'घनचक्कर'।
Saturday, January 21, 2012
जय खल्ती! -By Ramesh Kandel
कुरा देशको हैन, कुरा खल्तिको हो तर मान्छे देशको डिङ हाँक्छ। 'म' पनि उही ड्याङको मुला त हुँला नि। त्यती ठुलो दु:खको साथ संघर्ष गरेर आएका र आफुलाई पूर्ण रुपमा जनतामा समर्पित गर्नेहरुको अनुहार त देखियो। 'म' पनी कसरी भिन्न हुन सकुँला। त्यसैले दलगत भन्दा व्यक्तिगत अधिकारका निम्ती प्रत्येक व्यक्ती अघी आउन पर्यो। दलले पहिला आफ्नो पार्टी हेर्छ, त्यसपछी आफु निकट परिवार र आफ्ना धुपौरेहरु। सामान्य जनताको हकमा जुन दल सरकारमा छ त्यसको प्रभाव क्षेत्र अनी हामी जस्ता आम नागरिकका दिन कहिले आउने? नपत्याए हेर्नुस- खोप्लाङ्गे बाजे महिनाको एक पटक गोरखा पुग्नु अर्को पटकको लागि आफ्नो ठाउँ सुरक्षित गर्नु न हो। मधेशी दलले महत्वपूर्ण मन्त्रालय ओगटेको छ तर त्यसले समग्र नेपाली जनताको बारे बोल्दैन, मात्र मधेशिको कुरा गर्छ। जातिय प्रतिनिधि छन, तिनले पनि आफ्नो जात र समुदायको कुरा गर्छ, समग्र नेपालको हितमा कुरा उठाउदैन। तिनको पनि भोली मुख्य मन्त्री र त्यस सरकारमा सामेल भएर खल्ती भर्ने प्रोपोकाण्ड मात्र हुन। त्यसैले पनि हामीलाई कुनै ठाउँ बिशेषको नभएर नेपाल अधिराज्यको नेता आवश्यक छ। यि अहिले जती पनि नेता छन, हामीलाई उल्लु बनाएर, शहीद बनाएर, बिभाजित गराएर, झगडा गराएर आफ्नो स्वार्थ पुरा गर्दैछन। हामी भोली पनि यिनिहरु कै दास बन्न एक अर्कालाई मार्न र मर्न तयार छौ। केही अपबाद बाहेक नेताहरु भूमिगत वा आन्दोलनको दौरान मारिन्नन र मारिए पनि ति महान शहीद र हामी झारेझुरे शहीद। हामी यि नेताहरुलाई लुटको लाइसेन्स दिलाउन र खल्ती बलियो बनाउन लगातार पिछलग्गु बन्न लालायित छौ। आफ्नो चुल्होमा खुलेआम आक्रमण गर्दा पनि मुकदर्शक बन्न वाध्य छौ। अहिले विद्यार्थी आन्दोलन भैरहेछ। यो पनी ग्र्याण्ड डिजाईन अन्तर्गत नै हो। 'म कुट्छु, तँ फकाए जस्तो गर' मात्रै हो । उसो भए पछी जनता पनि भुलिहाल्ने। कती सजिलै उनिहरुले हाम्रो आँखामा छरो हाल्छन र हामी अन्धो बनिदिन्छौ। यदी हाम्रो निम्ती यिनिहरुले साँच्चै आन्दोलन गर्ने नै हो भने फरक तरिकाले जसरी मध्यपूर्वमा आन्दोलन भयो, त्यसरी एउटा निश्चित बिन्दुसम्म किन जान सक्दैनौ? त्यसो भएको खण्डमा यि बृद्द नेताहरु उसै पाखा लागि हाल्थे नि। सिधै युवा बर्गको बर्चश्व कायम हुन्थ्यो नि। त्यसैले यि जती पनि देश प्रेमका कुरा उठेका छन। ति सबै आफ्ना नेता र आफ्नो पक्षपोषणका निम्ती रचिएका एक नाटक मात्रै हुन, त्यसमा 'म' पात्र पनि अछुतो छुइन होला। त्यसैले यि कुराहरुमा हाम्रो ध्यान जानु नितान्त जरुरी छ। जय खल्ती!
Thursday, January 19, 2012
म समय (Poem) -By Ramesh Kandel
मान्छे उत्तरार्द्द खोज्न निस्कदा
हिमशिखर कालो मुख लाउदैछ
हरियो ड़ाडा फुस्रो हुदैछ
नदीहरु यात्रा छोट्याउदै छन्
उत्तरी दक्षिणी गोलार्ध रुँदैछन्
तर मान्छे घपक्क अहमताले गाँज्दा
एटम बमको चुरी फुरी लाउछ
र निर्दोष आत्माहरु माथि गोलि बर्षाउँछ
अनि लाशहरु माथि ताण्डब नृत्य गर्छ
कार्बनडाइअक्साइडको राज्य निर्माण गर्दै
आवाजहरुलाई पैसाले बुझो लाउदोछ |
मान्छे ! तिमीले आफ्नो मृत्यु देखेनौ
तिम्रै गल्तिहरु आज ब्ल्याकहोल चिहाउँछ
रवि पनि क्रोधित हुदैछ बिस्तारै तिमि सँग
के तिमीले यो धर्तिको लागि केहि गर्यौ ?
तिम्रा हरेक शब्दहरु मात्र प्रतिबद्दता
प्रतिबद्दता यथार्थ बनोस , न कि बिपरितार्थ
ए मान्छे ! धर्तीमा तिम्रो अन्त्य भयको दिन
सन्त्राशहरु मेटिनेछ , ब्ल्याक होल पुरिनेछ
तिम्रो मृत्युमा हिमाल हाँस्नेछ
फुस्रा डाँडाहरुमा तिम्रो मृत्युको खुशीमा
स्वतन्त्रताको उत्सव मनाइनेछ |
नदीहरुले बिजयोन्मादमा यात्रा शुरु गर्नेछ
उत्तरी दक्षिणी गोलार्द अस्तित्व पुनर्प्राप्तिमा
रविको शान्त चेहरा देखि रमाउनेछ |
ए मान्छे ! सक्छौ भने आफ्नो मृत्यु टार
सगोल पर्याबरणिय प्रेमको मुद्दा अघि सार
म समय,
तिम्रा निर्णयहरुलाई पर्खिरहने छु चिहान डाँडामा |
Monday, January 16, 2012
सपना
मैले देखेको सपना- पर क्षितिजमा सुनौला किरण देखेर अलिक नजिक जान्छु, न्यानोपनको महशुस हुन्छ र म त्यसैमा समाहित हुन्छु। तत्काल मलाई पोल्छ, दुख्छ र रुन्छु, रुवाइको चित्कार टाढा टाढा सम्म फैलिन्छ। तर त्यहाँ त चित्कारै चित्कार मात्रै सुन्छु। मेरो चित्कार त्यही कतै बिलिन भैदिन्छ। कसैले सुन्दैन र सुन्नेहरु बेवास्ता गर्छन्। त्यो त रौरव कुण्ड रहेछ, त्यो त नरक रहेछ। मलाई त्यो अवस्थामा देखेर मेरो साथी सुजन उद्दार गर्छन्, मल्हम पट्टी गर्छन् र यसको नजिक नपर्न आग्रह गर्छन्। बिस्तारै मलाई आनन्दनुभूती हुन्छ र म उसको सल्लाह मान्दै कहिले त्यता नजाने प्रण गर्छु। तर यता मेरो नजिक रहेका बहुसंख्यक मान्छेहरु फेरी त्यही सुनौला किरणको कुरा गर्दै त्यो क्षितिजसम्मको यात्रा गर्न अनुरोध गर्छन्, त्यसले सबैको उन्नती हुने कुरा गर्छन्।
Monday, December 19, 2011
बन्दको बिरोध
लोकतान्त्रिक पद्दतिप्रति के यती चाँडै नेपाली काङ्ग्रेसलाई मोहभंग भएको हो त? उसलाई पनि उही प्रचण्डपथले के गाँजेको हो त? शायद अघिल्ला मतपरिणामहरुले उसलाई उक्साएर आफुलाई अघी ल्याउन कम्युनिष्ट मार्गले मात्र सहज देखेको हो कि? वास्तवमा नै यि सबै यसरी घटित भएको हो भने काङ्गेस ओरालो लाग्ने बाटो लागेकै हो।
धेरै मानिसको प्रजातान्त्रिक आस्थाको धरोहर आफै वामध्रुबमा रुपान्तरण हुन लागेको हो भने नेपाल अझै कैयन बर्ष प्रजातान्त्रिक शक्तिको उदय र समाज परिवर्तनको दिशामा भट्किदैं अध्याँरो कुनामा थन्किरहनेछ। अहिले उसलाई वामराजनितिलाई प्रजातान्त्रिक मूलाधारमा ल्याउने ऐतिहासिक जिम्मा पनि छ। बन्द र तोडफोड भनेको कम्युनिष्टहरुलाई सुहाउने चरित्र हो। त्यसैले आफ्ना मागहरु पुरा गराउन बेग्लै बिधी अपनाउनु पर्थ्यो। अहिले काङ्ग्रेस माओवादीले मुक्तिनाथका हत्याराहरु शहीद हुँदा शिव पौडेल किन हुन नसक्ने भन्ने तर्कहरु अघी सारिरहेछन्। त्यसो भए माओवादी जुन बाटो हिड्यो, उ पनी त्यही बाटो हिंड्ने त? हामी सामान्य जनताले सुन्दा माग सहि छन, तर बिधी सहि छैनन। हो, एउटा सरकारको सुरक्षा दायरा भित्र रहेको एक नागरिकको हत्या उसको असक्षमताको पराकाष्टा हो। जेलभित्र रहने एक कैदिको सुरक्षा सरकारले दिन सक्दैन भने आमजनतालाई सुरक्षाको अनुभूती कहिले सम्म दिलाउला? एउटा कुरा- भिसाको लागि हामीले राजनीति गरेका हैनौ भनेर एक काङ्ग्रेसी नेताले भने, जुन कुरा मलाई पनि राम्रो लाग्यो। बेला कुबेला थर्काउने राजदुतलाई दह्रै तमाचा पनि हो। एउटा कुटनैतीक ब्यक्तिले बोल्ने भाषा ति होइनन। तर नेपालीको मनमुटु राम्रासँग छाम्न भ्याएका बिदेशिका कुरा पनि अर्को ठाउँमा ठिकै लाग्छन। समग्रमा भन्ने हो भने बन्दले राजनीतिक पार्टी र तिनका नेताहरुको साख बढाउने हैन, घटाऊने नै छ। एउटा सामान्य ट्याक्सी चालक, जस्ले आफ्नो रोजिरोटिका निम्ती राजनीतिक पार्टिको बन्धक भएर कहिलेसम्म बस्ने? एउटा सामान्य कृषकले कहिले सम्म सहज तरिकाले आफ्ना उत्पादनहरु बजारसम्म लिएर जाने अवस्थाको बातावरण बन्ने? सामान्य कर्मचारी, जसले शहरभित्रको महङ्गिले गर्दा बाहिर डेरा खोजेर बसेको हुन्छ, उसले कसरी आफ्नो तलब पकाउने? अबका दिनमा हत्याहिंसा, बन्द र तोडफोडले उनिहरुलाई पतनको दिशामा उन्मुख गराउने छ। एउटा अपराधीक मुद्दा लागेको मानिसलाई शहिद घोषणा गराउने तर्फ भन्दा शान्तिसुरक्षाको प्रत्याभुती गराउने दिशामा दबाब सिर्जना गर्न लाग्नु पर्थ्यो। यो चरित्र निर्माण गर्न काङ्ग्रेसलाई छिट्टै बुद्दी पलाओस। -एक सामान्य नागरिक

Subscribe to:
Posts (Atom)