कस्तो लेख्ने वा लेखियो भन्दा मेरो लगाव कस्तो छ, झुकाव कस्तो छ साहित्यमा भनेर आफुलाई हेर्ने गरेको छु।लेख्ने मान्छेले आफ्नो लागि लेख्छ र त्यही लेखाइलाई पाठकले नकरात्मक तथा सकारात्मक रुपमा चिरफार गर्छन्। माकुरोको शत्रु उसकै सन्तान भने जस्तै हाम्रो साहित्यमा ठीक उल्टो माउले बच्चोलाई सिध्याउने अर्थात ठुलो माछाले सानो माछालाई निल्ने जस्तै वुर्जुग साहित्यकर्मिहरु सिकारु कलमलाई हेयको दृष्टिगोचर दिन्छन र अग्रगमनको बाटो छेक्न अघिल्लो पंक्तिमा खडा हुन्छन। यती हुँदा हुँदै पनि केही राम्रा ब्यक्तित्व पनि छन, जसले हात समातेर बामे सराउने काम पनि गरेका छन। मैले जीवनको आधा भागमा आइ पुग्दा त्यस्ता केही सिर्जनाको मालिहरु सँग सामिप्यता गाँस्न पाएँ र अद्यापी पाइ नै रहेको छु।
Friday, October 24, 2014
अधुरो कविता
समयको दुर्घन्धले मैले हिंड्ने बाटाहरु
कुइरिमण्डल भएर निसास्सिएको बेला
लफ्रक... लफ्रक... लफ्रक... लफ्रक...
सपना बटुल्ने झोला कांधमा भिरेर
सपनाको जिली खोज्दैछु यताउती
Sunday, November 25, 2012
शब्दहार र सहयात्री -By Ramesh Kandel
![]() |
| Shabdahar Creations Pvt. Ltd. |
साहित्यिक तथा मिडिया
क्षेत्रमा काम गर्न केही असजिलो भए पनि समाज सँग प्रत्यक्ष सम्बन्ध राख्न यसले
महत्वपूर्ण सहयोग गर्छ र राजनैतीक क्षेत्र भन्दा अलिक सम्मानयोग्य बातावरण यसमा
पाउन सकिन्छ। किनकी यसले समाजलाई धेरै कुरा दिन्छ र थोरै लिन्छ। ज्ञान चक्षु भनेकै
शब्द हुन। शब्दका मार्फत समस्त मानव जातिले सुसुचित हुने मौका पाउँछ। त्यसैले पनि
हामीले यो क्षेत्रलाई कर्मक्षेत्र बनाउने कोशीस गरेका छौं। हामी आफुलाई साहित्यकार
भनाउनु भन्दा समाजलाई केही दिन सक्ने ब्यक्तित्वलाई सार्वजनिकिकरण गर्नु अर्थात
नवप्रतिभालाई हौसला तथा प्रोत्साहन प्रदान गर्नु नै हाम्रो लक्ष्य थियो, छ र रहनेछ।
Tuesday, July 24, 2012
कंक्रिट र फूलहरु -By रमेश कंडेल
स्वप्निल संसारको तन्द्रामा
एउटा ग्रामीण फूल बर्बराउँछ
नवीन बाटाहरुको परीकल्पनामा
गैंती र बेल्चाले गोरेटो खन्दै
सुदुर राजमार्गको नक्शा कोर्छ।
Monday, June 18, 2012
जीवन र जुकाहरु -By रमेश कंडेल
श्यामवेत समयको कुइनेटाबाट
एउटा आदिम मानिस हठात
दुष्कृति र अभ्यर्थनबाट भाग्दै
क्षितिज पारीको उज्यालो ताकिरहेछ।
एउटा आदिम मानिस हठात
दुष्कृति र अभ्यर्थनबाट भाग्दै
क्षितिज पारीको उज्यालो ताकिरहेछ।
Subscribe to:
Posts (Atom)

